जनताको अपेक्षा पूरा गर्नका लागि एकीकृत सोचका साथ अघि बढ्नुपर्छ : शर्मा


। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबका पाँच वर्ष जनताको अपेक्षा पूरा गर्नका लागि एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले गरेको कार्यक्रममा शर्माले पाँच वर्षसम्म संसद् विघटित नहुने गरी गठबन्धन दलहरू जनताको अपेक्षा पूरा गर्न एकीकृत रूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।उनले अहिले बाहिर हल्ला चलेजस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको टिप्पणी गरे ।

महामन्त्री शर्माले मुलुकको आर्थिक अवस्था सुधार गर्नका लागि व्यापार घाटा नियन्त्रणतर्फ ध्यानकेन्द्रित गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *