तोलामा ६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य सोमबार बढ्दै प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला १२ सय ५५ रुपैयाँ पुगेको छ । आइतबार नेपाली बजारमा चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *