एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ।
शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।
शाक्यलाई एमालेले २०६५ सालमा पनि उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो। तर, पछि कांग्रेस र फोरम लगायतसँग तालमेल गरेपछि शाक्यको उम्मेदवार निष्क्रिय गराइएको थियो।
चैत ३ गते निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ। शनिबार दिउँसो २ बजेसम्म नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।