बेइजिङमा नेपालमा लगानी र पर्यटनका अवसरबारे छलफल

नेपालमा पर्यटनको सम्भावना र चिनियाँ लगानीको अवसरबारे बेइजिङमा छलफल भएको छ। बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गरेको गोष्ठीमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले चिनियाँ पर्यटक र लगानीकर्ताका लागि नेपालमा सुनौलो अवसर रहेको बताएका थिए।
उनले चीन र नेपालबीच घनिष्ठ सम्बन्ध रहेको भन्दै पर्यटनले दुई देशलाई जोड्न सकिने पनि बताएका थिए। कार्यक्रममा दूतावासका अधिकृतसँगै, चिनियाँ अधिकारी र लगानीकर्ताहरुको पनि उपस्थिति थियो।