ब्रोकर कमिसन घटाउन अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षलाई मध्यनजर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् ।बजार विस्तार हुदैं गएको वताउँदै अर्थमन्त्रि पौडेलले बजारको स्थायित्वका लाथि अहिलेका समस्या समाधान गर्न समयतालिका बनाएर कार्यान्वयन गर्न समेत निर्देशन दिएका छन् ।
उनले पूजीबजारको विकासका लागि यस वर्षका लागि बजेटमा उल्लेख भएका कार्यहरु समयमानै सम्पन्न गर्न समेत भनेका छन् । पूँजीबजारको विकास र विस्तारका लागि ऐन नियममा सुधार गर्न आवश्यक भए त्यसको तयारी गर्न समेत अर्थमन्त्रि पौडेलले आग्रह गरेका छन् । अर्थ मन्त्रालयमा आज आयोजित सम्बद्ध पक्षसँगको छलफलमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउने तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन् ।