सर्वसाधारणका लागि राहदानी लिन सहज बनाउन सरकारले पहल गर्न सकिरहेको छैन्


सर्वसाधारणका लागि राहदानी लिन अझै समस्या रहेको विषय संसदमा उठेको छ । सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाको आजको बैठकमा सर्वसाधारणका लागि राहदानी लिन सहज बनाउन सरकारले पहल गर्न नसकेको बताए ।‘पासपोर्ट लिनका लागि एक महिना पर्खनुपरेको छ । यो सरकार गठन भए लगत्तै प्रधानमन्त्री, मन्त्रीहरूले राहदानी विभागमै गएर त्यसबारे चासो देखाउनुभएको थियो । आज पनि लाइन त्यत्तिकै लामो छ । पासपोर्ट लिनका लागि रातभरि लाइन बस्नुपर्ने स्थिति कहिलेसम्म हो ?’ उनले भने ।

पासपोर्ट लिनका लागि महँगो शुल्क रहेको पनि उनले बताए । ‘करिब  १४ सय रुपैयाँ लागतमा बनेको पासपोर्ट लिनका लागि २० हजारसम्म तिर्नुपर्ने अवस्था छ । एउटा गरिबका लागि राज्यले नै यस्तो महँगो शुल्क लिन कति जायज हो ?’ उनले भने ।

दूरदराजका मानिसले अहिले पासपोर्ट लिनका लागि एक लाख रुपैयाँ सम्म खर्च गर्नुपर्ने अवस्था रहेकाले त्यसमा सहजीकरण गरिनुपर्ने सांसद खतिवडाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *