प्रतिनिधिसभा बैठक : सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधनको प्रस्ताव पेश


प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)सम्बन्धी विधेयक प्रस्तुत गरिएको छ ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पेस गरेका हुन् ।

सांसद प्रेम सुवालले विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । उक्त विरोध बहुमतले अस्वीकार गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *