बैंकर्स संघले भन्यो: ‘ब्याजदर घटाउन सकिँदैन’


नेपाल बैंकर्स संघले चाँडै बैंकको ब्याजदर नघट्ने संकेत गरेको छ । पछिल्लो समय बैंकको ब्याजदर घटाउन निजी क्षेत्रसँगै सबै लागिपरेपनि सोचेअनुसार ब्याजदर घटाउने पक्षमा नेपाल बैंकर्स संघ छैन ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले हालै बैंकको ब्याजदर घटे पुनः अर्थतन्त्र डामाडोल हुने बताएका हुन् ।उनका अनुसार बैंक ब्याजदर बढी भएकै कारण हाल अनावश्यक वस्तुको आयातमा नियन्त्रण भएको छ । नभए पुरानै अवस्था दोहोरिनेछ । ‘बैंकको ब्याजदर यत्तिकै अवस्थानमा घटाईयो भने पुनः आयात उच्च हुनेछ र अर्थतन्त्रमा झ झमेला थपिनेछ,’ उनले भने, ‘अझै केहि महिना बैंक ब्याजदर एक विन्दुमा पुर्याउन सकिने अवस्था छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *