पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
प्रदेश-१, वाग्मती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको जल तथा मौसम विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । ती स्थानका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।
विभागका अनुसार आज राति प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।