पेट्रोल, डिजेलको मूल्य पुनः बढ्यो, कुनमा कति पुग्यो?


नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको छ। निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर तीन/तीन रूपैयाँ बढाएको छ।सोमबार राति १२ बजेदेखि लागू हुने गरि मूल्य बढाएको निगमले पेट्रोलको प्रतिलिटर १७८ र डिजेल र मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँ पुर्‍याएको छ। यसअघि पेट्रोल १७५ र डिजेल तथा मट्टीतेल १७२ रूपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको थियो।निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ। निगमका अनुसार हवाई इन्धन आन्तरिकतर्फ १७० रूपैयाँ प्रतिलिटर र बाह्यतर्फ १.४२० डलर कायमै राखिएको छ। एलपी ग्याँस प्रतिसिलिन्डर एक हजार ८०० नै कायम राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *