इथियोपियाका ३५ लाख बालबालिका विद्यालय बाहिर
अफ्रिकी मुलुक इथियोपियामा जारी आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका कारण कम्तीमा ३५ लाख बालबालिका विद्यालय जानबाट बञ्चित भएका पाइएको छ ।
संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफका अनुसार इथियोपियामा जारी आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका कारण ३५ लाख बालबालिका विद्यालयको पहुँच बाहिर रहेका हुन् ।खडेरीका कारण लामो समयदेखि ती बालबालिकाका अभिभावकले खाद्यान्न अभाव झैल्दै आएका छन् । इथियोपियाको युद्धग्रस्त टिगरे क्षेत्र खाद्य समस्याबाट पीडित छ । बालकोषले केही समयअघि कोभिडका कारण बालबालिका विद्यालय जान नपाएका जनाएको थियो ।