पाकिस्तानमा प्रहरीलक्षित विस्फोट : मृत्यु हुनेको संख्या ५९ पुग्यो


पाकिस्तानको पेशावरमा रहेको एक मस्जिदमा बिस्फोट हुँदा मृत्यु हुनेको संख्या ५९ पुगेको छ। घटनामा परी १५० भन्दा बढी मानिसहरु घाइते भएका छन्।

सोमवार दिउँसो प्रार्थना भइरहेको समयमा आत्मघाती बम विस्फोटमा हुँदा ठूलोमात्रमा मानवीय क्षति भएको हो। घटनामा परि घाइते भएकामध्ये कतिपयको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

विस्फोट प्रहरी हेडक्वाटर, गुप्तचर र ‘काउन्टर टेरोरिजम युनिट’ को कार्यालय रहेको क्षेत्रमा भएको थियो। त्यसैले यो विस्फोट प्रहरीलक्षित भएको अनुमान अधिकारीहरुले गरेका छन्। पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफले आतंकवादीहरुले पाकिस्तानको रक्षा गरिरहेका मानिसलाई निशाना बनाएर देशमा भय सिर्जना गराउने प्रयार गरेको बताएका छन्।

सुरुमा तालिवानका एक कमान्डरले सो विस्फोट आफूहरुले गराएको बताएका थिए। तर, पछि तालिवानले सो विस्फोटमा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ।गत डिसेम्बरमा पनि पेशावरकै एक प्रहरी चौकीलाई लक्षित गर्दै गराइएको विस्फोटमा ३३ जनाको मृत्यु भएको थियो।

सोमवार आत्मघाती बम बिस्फोटमा परी मस्जिदको केही भाग भत्केको छ। दिउँसो १:४० बजे जोहरको नमाज पढिरहेका बेला बम विस्फोट भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *