पाकिस्तानको आर्थिक संकट थप जटिल बन्दै


पाकिस्तानमा जारी आर्थिक संकट थप जटिल बन्दै गएको छ । अमेरिकी डलरको तुलनामा पाकिस्तानी मुद्रा रुपैयाँमा तीव्र गिरावट आएसँगै पाकिस्तानी अर्थतन्त्र थप जटिलतातर्फ धकेलिएको हो ।

शनिबारमात्रै अन्तरबैंकिङ कारोबारमा १ अमेरिकी डलर बराबर २६२ पाकिस्तानी रुपैयाँसम्म पुगेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।यो अघिल्लो दिनभन्दा ७.१७ रुपैयाँ अर्थात् २.७३ प्रतिशतले बढेको हो । यसअघि शुक्रबार अन्तरबैंकिङ कारोबारमा पाकिस्तानी रुपैयाँ एकै दिन २४ रुपैयाँले बढेर २५४ रुपैयाँ पुगेको थियो ।

यसअघि पाकिस्तानी केन्द्रिय बैंकमा विदेशी मुद्राको सञ्चिती ९ वर्षयताकै सबैभन्दा कम भएको समाचार सार्वजनिक भएको थियो ।पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार स्टेट बैंक अफ पाकिस्तानमा रहेको विदेशी मुद्रा सञ्चिती तीन अर्ब ६७ करोड डलरमा झरेको हो ।

स्टेट बैंक अफ पाकिस्तानले विदेशी मुद्राको सञ्चिती ९२ करोड तीस लाख डलरले घटेको जनाएको थियो । बाह्य ऋण चुक्ताका कारण विदेशी मुद्राको सञ्चिती घटेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *