प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका बताएकका छन्।

बैठक साँझ ६ बजे बस्ने जानकारी गराइएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा बस्ने बैठकमा मन्त्रालयगत एजेन्डाका विषयमा छलफल हुने गुरुङले बताए ।

सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश विवादमा परेपछि आजको बैठकमा सोही विषयमा छलफल हुनसक्ने बताइएको छ ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नै नगरी अध्यादेश ल्याएको भन्दै पार्टीभित्रै असन्तुष्टि बढेको थियो ।

बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएको पत्र फिर्ता लिने सहमतिपछि नेकपाको स्थायी कमिटी बैठक बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *