मौद्रिक नीतिको समिक्षाको लागि राष्ट्र बैंकले माग्यो सुझाव


नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि राय सुझाव मागेको छ । सोमबार राष्ट्र बैंकले एक सूचना जारी गर्दै मौद्रिक नीतिको समिक्षाको लागि सरोकारवालाहरुसँग सुझाव मागेको हो । साथै मौद्रिक नीतिको समिक्षाको लागि मागेको सुझावहरु माघ २० गतेसम्म राष्ट्र बैंकको अनुसन्धान विभागको इमेलमा पठाउन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *