डलर साट्ने बहानामा ठगी गर्न खोज्ने दुईजना पक्राउ
काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्कबाट डलर साट्ने बहानामा वैदेशिक रोजगारीको सिलसिलामा ओमनबाट आएका व्यक्तिलाई ठगी गर्न खोज्ने दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा गुल्मी इस्मा गाउँपालिका–६ घर भइ हाल काठमाडौं नयाँबसपार्क बस्ने ३३ वर्षीय प्रदीप कुमाल र सोही ठाउँ बस्ने ३४ वर्षीय दीपक कुमाल रहेका छन् ।ओमनबाट आएका व्यक्ति घर जाने क्रममा नयाँबसपार्कमा बसको प्रतिक्षा गरिरहेको अवस्थामा उनीहरूले डलर साट्ने बहानामा ठगी गर्ने नियतले ललाइफकाइ गरिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट पैसाको आकारमा रहेको कागजको बिटो तथा नेपाली १२ हजार रूपैयाँ प्रहरीले बरामद गरेको छ ।