आजका लागि विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकिएको छ । आजको लागि राष्ट्र बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दरमा अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ७ पैसा र बिक्री दर १३२ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यसै गरी एक युरोको नेपाली खरिद दर १३० रुपैयाँ ३३ पैसा र बिक्रीदर १३० रुपैयाँ ९२ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४९ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५० रुपैयाँ ३५ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ २९ पैसा र बिक्रीदर ८३ रुपैयाँ ६७ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यस्तै जापानी यन १० को खरिददर ८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८ रुपैयाँ ९१ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा रहेको छ । साउदी रियलको एकको खरिददर ३५ रुपैयाँ १३ पैसा र विक्रीदर ३५ रुपैयाँ २९ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *