रूसी कब्जाको युक्रेनी भूभागमा सैन्य शासन लागू
रूसले युक्रेनको दोनेत्स्क, लुगान्स्क, खेर्सन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ अर्थात् सैन्य शासन लागू गरेको घोषणा गरेको छ ।
मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौँदेखि युक्रेनी सेना अघि बढिरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रमा मार्शल ल’लागू गर्ने आदेशमा हस्ताक्षर गरेका हुन्। ती चार वटा क्षेत्रमा बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने भएको छ ।त्यसअघि पुटिनले सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गरेका थिए । बैठकलाई सम्बोधन गर्दै पुटिनले जनताको इच्छालाई मान्यता दिन युक्रेनले अस्वीकार गरेको र वार्ता प्रस्ताव लत्ताएको आरोप लगाएका थिए । युक्रेनले अतिवादी तरिका अपनाएको आरोपसमेत पुटिनले लगाए ।