कांग्रेसले बोलायो पदाधिकारी बैठक, आवश्यक रणनीति तय गर्ने


काठमाडौँ। नेपाली कांग्रेसले आज दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बोलाइएको हो ।सरकारले संवैधानिक परिषदको ऐन संशोधन सम्बन्धी विधेयक ल्याएपछि विरोधमा रहेको कांग्रेसले आवश्यक रणनीति तय गर्न पदाधिकारी बैठक बोलाएको हो ।

बैठकले पार्टीको औपचारिक धारणा स्पष्ट गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले थप अध्यादेश ल्याउने तयारी गरेको अवस्थामा त्यस विरुद्ध कसरी उत्रिने भन्ने रणनीति पनि कांग्रेस बैठकले तय गर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *