मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले बोलायो साधारण सभा


मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा कात्तिक २३ गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्र्टड कार्यालयमा अपरान्ह ४ः३० बजे गर्ने जानकारी दिएको छ ।

सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै कम्पनीको प्रबन्ध्पत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *