वाङ्मय शताब्दी पुरुष जोशीको निधनमा आज सार्वजनिक बिदा
सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा आज सार्वजनिक बिदा दिएको छ ।
बिदासँगै सबै सरकारी कार्यालय, सार्वजनिक संघ, संस्था र विदेशस्थित कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा पनि झुकाइने गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा दिने निर्णयबारे जानकारी गराएको थियो । जोशीको १०३ वर्षको उमेरमा उपचारका क्रममा आइत निधन भएको थियो ।