मतदाताका दृष्टिले महत्त्वपूर्ण मानिने क्षेत्रमा प्रभाव बढाउँदै रेखा

मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उमेदवार रेखा थापाले फरक ढंगले चुनावी अभियान सञ्चालन गरिरहेकी छन् । जहाँजहाँ रेखा पुग्छन्, स्थानीयले उनको भव्य स्वागत गरिरहेका छन् ।
बेलबारी नगरपालिकाको वडा नम्बर ११ मा रेखा आफैँ सिटीरिक्सा चलाउँदै गइन् । घरदैलो कार्यक्रममा रेखाले रिक्सा चलाउँदै आएकी देखेर स्थानीय मतदाता पनि छक्क परे । उनी श्रमिकहरूसँग मत माग्न पुग्दा सिटीरिक्सा चलाएर पुगेकी हुन् ।
“म जनताको सँधै नजिकै छु । उहाँहरूको समस्या पनि बुझेकी छु, जितेर नागरिकको प्रतिनिधि भएर गएँ भने समस्या समाधान गर्नेछु,” थापाले भनिन् ।
दैनिक गुजारा चलाउन ई–रिक्सा चलाउने श्रमिकहरूसँग आत्मीयता साट्दै रेखा रिक्सा चलाउँदै आएपछि उनीहरूले न्यानो स्वगत गरेका थिए ।बेलबारी वडा नम्बर ११ मा क्यारमबोर्ड खेल्दै गरेका युवाहरूसँग मत माग्ने क्रममा रेखा युवासँगै खैल्न थालिन् ।उहाँहरू खेल्दै हुनुहुँदो रहेछ । मलाई पनि क्यारामबोर्ड खेल्न मन पर्छ । तर धेरै समयदेखि खैल्न पाएकी थिइनँ । आज खेलियो,” रेखाले भनिन् ।
चुनाव घोषणा भएलगत्तै मोरङ पुगेकी रेखाले प्रभावकारी रूपमा चुनावी अभियाल सञ्चालन गरिरहेकी छन् । उनले मतदाताका दृष्टिले महत्त्वपूर्ण मानिने क्षेत्रमा प्रभाव बढाउँदै गएकी छन् ।