मनसुन बाहिरिएसँगै देशभरको मौसम सफा
![](https://newsdailynepal.com/wp-content/uploads/2021/05/kathmandu_valley_.jpg)
हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। जसकाण पश्चिमी पहाडीबाहेक देशभरको मौसम सफा रहेको छ।
दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ। बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ।
मंगलबार दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।बुधबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।