अध्यादेश विरुद्ध एक हुने, खुमलटार बैठकको निष्कर्ष
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश आएपछि सत्तारुढ दल नेकपा भित्र हलचल बढेको छ।
सरकारले अध्यादेश ल्याएसँगै नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठबीच खुमलटारमा छलफल भएको छ।
ुभोली बस्ने स्थायी कमिटीको बैठकमा सरकारको कदम विरुद्ध एक मत भएर अगाडि बढ्ने विषयमा छलफल भएको बुझिएको छ ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक भएको निष्कर्ष निकालिएको थियो । अध्यादेश विरुद्ध रणनीति बनाएर अगाडि बढ्ने विषयमा पनि छलफल भएको छ।खुमलटारको छलफलमा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओली माथि अनुशासनको कारवाही गर्ने प्रस्तावका विषयमा छलफल भए पनि ठोस निर्णय नभएको बताइन्छ।