सत्ता गठबन्धन र लोसपाबीच मधेस प्रदेशमा चुनावी तालमेल हुने
आसन्न निर्वाचनमा सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच तालमेल गर्ने सहमति भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा सहमति जुटेको हो ।
सहमतिअनुसार लोसपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ सात सिट पाएको छ । प्रदेशसभातर्फ १६ सिट पाएको छ ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर-२ मा ‘मित्रवत् प्रतिस्पर्धा’ गर्ने सहमति भएको छ ।सहमतिपत्रमा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोसपाका अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेका छन् ।