उखु किसानबारे मन्त्रीको भनाई सरकारकै धारणा हो ? : कांग्रेस प्रवक्ता
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘यिनीहरू उखु किसान नै होइनन् ’ भन्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको अभिव्यक्तिबारे सरकारको धारणा माग गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गरेर प्रश्न गर्दै प्रवक्ता शर्माले मन्त्रीको बोली सरकारकै धारणा हो कि ? भनी प्रश्न गरेका हुन् ।
उद्योगीहरूको शब्द सापटी लिएर मन्त्री भट्टले माइतीघर मण्डलामा आन्दोलन गरिरहेकाहरू वास्तविक किसान नभएको बताएका थिए।
‘हिजो यिनको भोट चिन्ने आज यिनको अनुहार नचिन्ने ? उद्योगीले मूल्य तिर्न ढिलाइ गर्दा दबाब दिनुपर्ने सरकारको बोली लर्बरिने ?’ प्रवक्ता शर्माले भनेका छन्, ‘किसान चिन, स्वर सुन, मुल्य तिराऊ, हाम्रो ऐक्यबद्धता छ ।’