मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठक बालुवाटारमा


काठमाडौँ। मन्त्रिपरिषदको आकस्मिक बैठक अहिले बालुवाटारमा बसीरहेको छ ।

सभामुख अग्नी सापकोटा अनुपस्थित भएपछि संवैधानिक परिषदको बैठक साँझ ५ बजेलाई सारेर प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकमा सहभागी भएका छन् ।सोमबारको नियमित बैठक नबसेकाले आज बैठक सारिएको एक मन्त्रीले जानकारी दिए ।

तर, पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला अप्ठ्यारोमा पुगेका प्रधानमन्त्री ओलीले महत्वपूर्ण निर्णय गर्न सक्ने पनि आकलन भएका छन् ।

पार्टी विवादको प्रभाव संवैधानिक परिषदसम्म पुग्दा पूर्वमाओवादीको कोटाबाट सभामुख बनेका सापकोटा प्रधानमन्त्री अध्यक्ष रहेको परिषद बैठकमा समन्वय अभावको कारण देखाएर गएन्न। ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *