भारतमा आलुको मुल्य उच्च,नेपालमा कस्तो असर
गएको एक वर्ष भित्र भारतमा आलुको मूल्यमा ११५ प्रतिशत भन्दा बढी वृद्धि भएको छ । भारतको बजारको प्रत्यक्ष प्रभाव नेपालमा समेत पर्दै आएको छ । त्यसैले अहिले भारतमा आलुको मूल्यमा थप बढोत्तरी हुँदा नेपालका हर भान्सामा त्यसको असर पर्ने देखिन्छ ।
भारतिय थोक मूल्यमा महँगाइको स्थाई हेर्दा नोभेम्बरमा मात्रै १।५५ प्रतिशतले वृद्धि भएको देखिएको छ । तरकारीमा देखिएको यो वृद्धिले नेपाली तरकारी बजारमा समेत प्रत्यक्ष असर पर्ने हुन्छ ।
त्यसमा पनि आलुको मूल्यमा मात्रै अत्याधिक वृद्धि भएको भन्ने तथ्यांकले देखीएपछि अब आम नेपालीका प्रत्येक छाक पहिले भन्दा महँगो हेने देखिएको हो ।
नेपालमा नेपाली आलुभन्दा भारतीय आलु सस्तो मूल्यमा विक्रि वितरण हुँदै आएको छ । तर, अब भारतिय आलु नै महँगो हुने भएपछि नेपाली आलु पनि त्यसको तुलनामा अझ महँगो हुने विश्वास गरिएको छ ।