राष्ट्रपतिको अपमान गर्नु गठबन्धनले आफ्नो महानता ठान्यो : केपी ओली


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्नु नै महानता ठानेको आरोप लगाएका छन् ।

बिहीबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नागरिकता विधेयकमा पुनर्विचार नगरी सत्ता गठबन्धनमा आबद्ध दलले मसल देखाएको बताए ।

“राष्ट्रपतिज्यूले पुनर्विचार गर्ने कि भन्नुभयो, नगर्ने (पाखुरा देखाउँदै) । बाहिर-बाहिर बसेर अनाडी मान्छेहरू बसेर, अनधिकृत ठाउँमा । संविधानले नचिनेका मान्छे बसेर राष्ट्रपतिको मजाक उडाउने काम भयो,” ओलीले भने ।

गठबन्धनप्रति आक्रोश पोख्दै उनले थपे, “यसले राष्ट्रपतिको अपमान गर्नु महानता ठानेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *