संवैधानिक परिषद् बैठकमा सभामुख गएनन्
संवैधानिक परिषद्का सदस्य रहेका सभामुख अग्नि सापकोटा नगएपछि संवैधानिक परिषदको बैठक अनिश्चित भएको छ ।
आवश्यक समन्वय नभएको र एकलौटी ढंगले विभिन्न आयोगहरूमा नियुक्तिका लागि सिफारिशको तयारी भएकाले त्यसमा असन्तुष्टि जनाउँदै सभामुख बैठकमा अनुपस्थित भएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।