कांग्रेसको समानुपातिक सूचीमा आरजु राणा,विमलेन्द्र निधिदेखि गोपालमान श्रेष्ठसम्म
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। प्रतिनिधि सभाका ११० वटा सिटका लागि बुझाइएको बन्दसूचीमा कांग्रेसका केही शीर्ष नेताहरु पनि परेका छन्। अघिल्लोपटक प्रत्यक्षतर्फ उठेर पराजित भएका पूर्व उपसभापति विमलेन्द्र निधिसहित दर्जनको हाराहारीमा शीर्ष नेताहरुले समानुपातिक रोजेका हुन्। पूर्वउपसभापति निधि तथा गोपालमान श्रेष्ठसहितल कांग्रेस सहमहामन्त्रीद्वय जीवन परियार र फरमुल्लाह मन्सुर पनि समानुपातिक सूचीमा परेका छन्। यस्तै, प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पत्नी (केन्द्रीय सदस्य) आरजु राणा देउवा, अम्बिका बस्नेत, पार्टी प्रवक्ता प्रकाशशरण महत, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र आनन्द ढुंगानाको नाम पनि समानुपातिक सूचीमा छ।
कांग्रेसबाट समानुपातिकतर्फ सिफारिस भएका अन्य नेताहरुको नाम सार्वजनिक गरिएको छैन।