एमालेको बन्दसूची:पहिलेका कोही पनि दोहोरिएनन्
नेकपा (एमाले)ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातितर्फको बन्दसूची बुझाएको छ । एमाले नेता निरज आचार्यसहित सूची लिएर निर्वाचन आयोग पुगेका थिए ।
उनका अनुसार समानुपातिक बन्दसूचीमा पहिले नै रहेकाहरूको नाम समावेश गरिएको छैन । एमालेले नयाँ अनुहार बन्दसूचीमा समावेश गरेको छ ।“कोही पनि दोहोर्याएका छैनौँ । यो सूचीमा पुरानो समानुपातिक सूचीमा रहनुभएको नेता कोही पनि हुनुहुन्न । नयाँ हुनुहुन्छ,” उनले सञ्चारकर्मीसँग भने ।
एमालेको केन्द्रीय कमिटी बैठकले पहिले समानुपातिक भइसकेकाहरू यसपटक नदोहोर्याउने निर्णय गरेको थियो ।
एमाले अघिल्लो निर्वाचनको सिट कायम गर्नुपर्छ भन्ने पक्षमा रहेकोसमेत उनले बताए ।