प्रचण्डको असन्तुष्टि बीच संवैधानिक परिषद्को बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संवैधानिक परिषद्को बैठक बोलाएका छन्।मंगलबार बिहान लागि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जानकारी दिएको हो ।
स्थायी कमिटी बैठक चलिरहेको र पार्टीभित्रको विवाद किनारा नलागिसकेको अवस्थामा बैठक बोलाइएको भन्दै पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने असन्तुष्ट रहेको स्रोतले जानकारी दियो ।