हामीले आफूलाई कमजोर छौं भनेर कहिल्यै सोच्नु हुँदैन : बालेन्द्र साह
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले जित मात्रै नभएर हार्न पनि सक्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रममा सम्बोधन गर्दै बालेनले यस्तो बताएका हुन् ।
मेयर बालेनले हरेक हारबाट धेरै अनुभव लिन सकिने भन्दै हारलाई पनि आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताए ।
“हामीले जिन्दगीमा हार्न सिकेका हुँदैनौँ । हामी सोसल मिडियामा व्यस्त हुन्छौँ । हामी हार्न निकै डराउँछौँ,” उनले भने, “हामी आफूलाई कमजोर भन्ठान्छौँ । त्यस्तो सोच्नु हुँदैन । कुनै पनि कुरा हार्न सिक्नुपर्छ । सबै ठाउँमा सफल भइन्छ भन्ने हुँदैन ।”
उनले हारलाई आत्मासाथ गरे धेरै पाठ सिकेर अगाडि बढ्न सकिने बताए ।