शनिबार रातिबाट संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस
सरकारले संसद्को जारी अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले शनिबार रातिदेखि संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।संविधान र कानुनमा कुनै व्यवस्था नभएपनि समानुपातिकको बन्द सूची दर्ताको दिनबाट संसद्को आयु सकिने ०७४ सालको अभ्यासका आधारमा सरकारले संसद् अधिवेशन अन्त्य गरेको हो ।
निर्वाचन आयोगले आउने असोज २ गते समानुपातिक उमेदवारहरूको बन्द सूची दर्ता गर्ने कार्यसूची तय गरेको छ ।