नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर विक्रीमा


नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १७ हजार ९४३ कित्ता संस्थापक शेयर भदौ ३० गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता रू. ७५० मूल्य तोकेर उल्लेखित कित्ता शेयर असोज ५ गतेसम्मका लागि विक्रीमा ल्याएको हो ।

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति तथा संघ संस्थाहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्री खुला गरिसकेको समेत जानकारी दिएको छ ।

विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद आव्हान नभएपछि अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्री गर्न लागिएको हो । शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *