मंसिर ४ गते हुने निर्वाचनका लागि विशेष सुरक्षा योजना अनुमोदन
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि विशेष सुरक्षा योजना अनुमोदन गरिएको छ । आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई सुरक्षित बनाउनका लागि निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुमोदन गरिएको मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।
विशेष सुरक्षा योजना अनुमोदन भएसँगै यसलाई आधार मान्दै जिल्ला जिल्लामा सुरक्षा योजना निर्माण हुने उनले बताए ।
बैठकमा सोमबारबाट हुने चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेतृत्वको टोलीको नेपाल भ्रमण त्रुटिरहित ढंगले सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएको सहसचिव पोखरेलले बताए ।बैठकले दार्चुला जिल्लामा भएको विपद्को घटनाको समीक्षा गर्दै बैमौसमी वर्षाका कारण हुनसक्ने क्षतिलाई न्यूनीकरणका लागि तयारी अवस्थामा रहन पनि सुरक्षा निकायलाई निर्देशन दिइएको पोखरेलले बताए ।