सगरमाथा हाइड्रो र माईखोला हाइड्रो कम्पनीले आईपीओ निष्कासन गर्ने


सगरमाथा हाइड्रोपावर लिमिटेड र माईखोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन् । दुई छुट्टाछुट्टै कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

सगरमाथा हाइड्रोपावरले ५४ लाख ८८ हजार  कित्ता आईपीओ निष्कासन गर्नका लागि भदौ ९ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । त्यसैगरी माईखोला हाइड्रोपावर कम्पनीले १९ लाख २१ ह्जार ५६८ कित्ता आईपीओ निष्कासन गर्नका लागि भदौ २२ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *