कांग्रेसले १०० सिट नलिए पार्टीभित्र विद्रोह हुन्छ :शेखर कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एकसय भन्दा कम सिटमा गठबन्धनमा सहमति गरे पार्टीभित्र विद्रोह हुने चेतावनी दिएका छन् ।
बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सत्ता गठबन्धनमा सहभागी अन्य दलसँग सहमति गरी नेपाली कांग्रेसले एक सय सिट लिन पहल गर्नुपर्ने बताए।नेता कोइरालाले गठबन्धनभित्र सहमति हुन अझै बाँकी रहेकाले प्रतिनिधिसभाको सिट बाँडफाँड भइसकेपछि प्रदेशसभाको सिट बाँडफाँडमा कुराकानी हुने बताए।