सेन्चुरी बैंकको नयाँ शाखा सर्लाहीको हरिवनमा
। सेञ्चुरी कमर्सियल बैंकले आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. १० स्थित नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले नयाँ रोड शाखाको उद्घाटन गरी सेवा सुरुवात गरेका हुन् । उद्घाटन कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख सुबास शर्मा, शाखा प्रमुख आशुतोष वैद्यलगायत बैंकका कर्मचारी तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
२०७९ असार मसान्त सम्ममा बैंकले १ खर्ब १ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन र ९१ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रदान गरी १ अर्ब ३५ करोड ७२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले हाल देशभर १ सय ४७ शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।