नाका खुलाउन दबाब दिँदै हस्ताक्षर
पूर्वी नाका खुलाउन दबाब दिँदै काँकडभिट्टामा आज एक हजार बढीले हस्ताक्षर सङ्कलन गरेका छन् ।
होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाको अगुवाइमा बसपार्कमा गरिएको हस्ताक्षर संकलन अभियानमा एक हजार भन्दा बढीले हस्ताक्षर गरेका हुन् ।
होटल व्यवसायी सङ्घका अध्यक्ष राम तामाङका अनुसार संघीय सांसद राम कार्कीमार्फत सरकारलाई सो हस्ताक्षर पठाइने छ।
नाका बन्द हुँदा सीमा क्षेत्रका व्यवसाय धरासायी बनेको भन्दै एक महिना अघिदेखि काँकडभिट्टाका व्यवसायी, संघसंस्था र स्थानीयवासीले विरोध प्रदर्शन गर्दै आएका छन् ।
देशकै मुख्य नाकाका रुपमा रहेको पूर्वी नाका कोभिड–१९ का कारण १० महिनादेखि बन्द छ ।