सरकारको भ्रष्टाचार र सर्वसत्तावाद विरुद्ध आज कांग्रेसको प्रदर्शन


रतिपक्ष दल नेपाली कांग्रेस लामो समयपछि सडकमा निस्किँदै छ । महामारीका समयमा खरिद गरिएको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुँदासमेत सामान्य विज्ञप्तिमा सीमित भएको नेपाली कांग्रेसले अहिले सडक मोर्चामा आएको छ।
मंसिर १७ गते रामचन्द्र पौडेललाई दमौलीमा प्रहरीले दुर्व्यवहार गरेपछि आक्रोशित भएको कांग्रेसले अहिले भने प्रतिपक्ष शैलीमै सरकारका हरेक कमजोरीलाई ‘तारो बनाएर’ जनतामा पुर्‍याउने तयारी थालेको हो ।

आज देशभरका ७७ स्थानमा विरोध प्रदर्शनको तयारीमा रहेको कांग्रेसले भ्रातृ संगठनलाई गरेको आह्वानअनुसार आइतबार नेविसंघले सिठी जुलुस प्रदर्शन गरेको छ।
आजको विरोध प्रदर्शनलाई सांकेतिकमात्र भनेको कांग्रेसले सकेसम्म बढी मानिसहरुको सहभागिताका लागि गृहकार्य भने गरिरहेको छ ।
कोभिडको कारण सडकमा निस्कँदा मास्कसहित निस्कनु होला, सकेसम्म दुरी कायम गर्ने प्रयास पनि गर्नुहोला,” सहमहामन्त्री डाक्टर प्रकाशरण महतले आह्वान गरेका छन् ।
सरकारविरुद्ध आजको प्रदर्शन सांकेतिकमात्र भएकाले कांग्रेसले शक्ति प्रदर्शन हुने गरी देशभरको केन्द्रिकृत प्रदर्शनका विषयमा पनि सोचिरहेको बताइन्छ। ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *