प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगबारे सर्वोच्च बारले बुझायो ३५ बुँदे प्रमाण
नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग पुष्टि हुनसक्ने गरी ३५ बुँदे प्रमाण महाअधियोग सिफारिस समितिलाई पठाएको छ। महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश राणाविरुद्ध आइतबार उक्त कागजात समितिलाई बुझाएको हो।
संसद करिब–करिब अन्त्य हुने दिन नजिकिँदै गर्दा महाअधियोग सिफारिस समितिले भने राणाविरुद्धको कारबाही प्रक्रिया अगाडि बढाउने कामलाई तीव्रता दिएको छ।
यसअघि बुधबार बसेको महाअभियोग सिफारिस समितिको बैठकले राणालाई भदौ १५ गते बिहान ११ बजे सोधपुछका लागि बोलाउने निर्णय गरेको थियो। समितिले भदौ २० गतेभित्र छानबिन सक्ने गरी कार्यतालिका बनाउँदै राणालाई १५ गते बोलाउने निर्णय गरेको हो।
गत फागुन १ गते सत्ता पक्षका ९७ जना सांसदले राणाविरुद्ध २१ बुँदे आरोप लगाउँदै महाअभियोग दर्ता गरेका थिए।