गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँट मुख्य एजेण्डा


आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका लागि ‘ भागबण्डा मिलाउन गठित कार्यदलको बैठक आज (मंगलबार) पनि बस्दै छ।

सोमबार बसेको बैठकमा सिट बाँडफाँटबारे ‘सहमति नजिक’ पुगेको भनिएको कार्यदलले  मंगलबार कुनै निष्कर्ष निकाल्ने नेताहरुको भनाइ छ।

सोमबार बसेको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै कार्यदलका सदस्य समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबारको बैठकबाट सिट बाँडफाँटबारे टुंगोमा पुग्ने बताएका थिए।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सिट बाँडफाँट र  त्यस पछिको अवस्थाका बारेमा छलफल भएको मन्त्री कार्कीको भनाइ थियो। बैठकमा सिट बाँडफाँटको आधारबारे छलफल भएको तथा निष्कर्ष नजिक पुगेको र मंगलबार बैठक बसेर टुंग्याइने कार्कीले बताएका थिए।

सोमबारको बैठकमा २०७४ सालको चुनावमा जितेका सिटहरु सम्बन्धित दलले राखेर बाँकी सिटमा भागबण्डा गर्ने छलफल भएको कार्यदलका एक सदस्यले जानकारी दिएका थिए। बाँकी सिटमा नेपाली कांग्रेसले ६० प्रतिशतले लिने र अरु दलले ४० प्रतिशत पाउने विषयमा छलफल भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *