पाँच सहकारी सहित २ हजारबढि व्यक्ति तथा कम्पनी कालोसूचीमा
एक महिनामा पाँच सहकारी सहित २ हजार भन्दाबढि व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् । कर्जा सुचना केन्द्रको तथ्याङक अनुसार चालु आर्थिक वर्षको पहिलो साउन महिनामा पाँच वटा सहकारी संस्था सहित २ हजार २५ व्यक्ति तथा कम्पनीहरु कालो सुचीमा परेका हुन् ।
कालोसुचीमा पर्ने कम्पनीहरुमा हार्डवयर सप्लायर्स देखी बचत तथा ऋण सहकारी समेत रहेका छन् । यस महिनामा हात्तीगौंडा बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन, इन्टरनेशनल एक्पो एण्ड ट्राभल सर्भिस, जाल्पादेवी अटोमोटिभस प्रालि र कान्छाराम कन्ट्रक्शन प्रालि रहेका छन् ।
त्यस्तै यस अवधिमा होलिडे रेष्टुरेन्ट एण्ड सिसा क्याफे, वरपीपल किसान फार्म, एक्पो इन्टेरियर एण्ड कन्ट्रक्शन, अभियान कृषि विकास केन्द्र प्रालि, डाइमन्ड इन्टरनेशनल नेपाल, मनास्लु जडिबुटी प्रशोधन उद्योग, न्यु जयमाँ भगवती इट्टा उद्योग र जनमिलान सेभिङ एण्ड क्रेडिट को अपरेटिभ कम्पनी कालोसुचीमा परेका हुन् ।
तथ्याङक अनुसार सोही अवधिमा कालोसुचीमा परेका कम्पनीहरुमा तन्दुरी फुडल्याण्ड वीथ थकाली भान्साघर, न्यु पाथीभरा फर्निचर उद्योग, अन टाइम फर्मास्युटिकल्स एण्ड सर्जिकल प्रालि, टेलिपोर्ट एक्पो एण्ड इम्पोर्ट प्रालि रहेका छन् ।
त्यस्तै, कालोसूचीमा पर्ने अन्य कम्पनीहरुमा फर्पिङ दक्षिणकाली मेट्रो बस सर्भिस, एशोसिएट्स वेलकम इन्टरनेशनल प्रालि, स्वागतम यातायात लिमिटेड, रोयल मिथिला एक्पोर्ट इम्पोर्ट प्रालि, डेरी डेभलपमेन्ट एण्ड रिसर्च सेन्टर,बाल निकेतन एजुकेशन पाmउन्डेशन र लाइफ टुर एण्ड ट्राभल प्रालि रहेका छन् ।
केन्द्रका अनुसार रेड डिंगो रेष्टुरेन्ट एण्ड बटिक इन प्रालि, पिस ल्याण्ड होटल एण्ड रेष्टुरेन्ट, जय हनुमान बचत तथा ऋण सहकारी संस्था पनि कालोसूचीमा परेको हो । उक्त सहकारीका सञ्चालकमा रविन कुमार थापा र राम बहादुर खड्का रहेका छन् । त्यस्तै, सारथी ओभरसिज रिक्रयुमेन्ट प्रालि र कर्णाली मल्टी रियल स्टेट कम्पनी पनि सोही महिना कालोसूचीमा परेको हो केन्द्रको तथ्यांकमा उल्लेख ।
त्यसैगरी केन्द्रले पुन्यभुमी सेभिङ एण्ड क्रेडिट को–अपरटिभ र देउराली मल्टीप्रपोज को–अपरेटिभलाई पनि कालोसूचीमा राखेको छ । पुन्यभुमी सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकहरुमा सुनिल कुमार श्रेष्ठ र टंक बहादुरकार्की रहेका छन् भने देउराली मल्टीप्रपोज को–अपरेटिभका सञ्चालकमा पुजा खत्री र रविन्द्र चौलागाई रहेका छन् ।