निरन्तर फोहोर विसर्जन कार्यमा अवरोध हुँदा प्रहरी परिचालन गर्न बाध्य : मेयर शाह


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रहरी परिचालन गरेर बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइटमा फोहोर ढुवानी गर्ने आफूहरूको उद्देश्य नभएको बताएका छन् ।

निरन्तर फोहोर विसर्जन कार्यमा अवरोध हुँदा प्रहरी परिचालन गर्न बाध्य भएको उनको भनाइ छ ।“फोहोर व्यवस्थापन गर्दा कसैलाई केही समस्या नपरोस्, यो हाम्रो प्रतिबद्धता हो । प्रतिबद्धतामा हामी इमानदार, सचेत र संवेदशनशील छौँ,” उनले भने ।

गएको जेठ २६ गते काठमाडौं महानगरपालिका, धादिङको धुनिबेँसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाबीच भएको सम्झौता कार्यान्वयनको अवस्थाका विषयमा जानकारी दिँदै मेयर बालेनले तत्काल गर्नुपर्ने काम नियमित प्रक्रियाबाट भइरहेको र चालु आर्थिक वर्षमा गर्नुपर्ने काम गर्न बजेट विनियोजन गरिएको बताए ।

प्रहरी प्रशासनको सहयोग लिएर हिजो १८६ गाडी फोहोर ल्यान्डफिल साइटमा लगिएको थियो । स्थानीयले प्रहरीमाथि ढुंगामुढा गर्दा प्रहरीले अश्रुग्यास र हवाईफायर गरेको थियो ।

सडक निर्माण तथा मर्मत सकिनुपर्नेलगायत मागहरू पूरा हुनुपर्ने बताउँदै केही स्थानीयले फोहोर विसर्जनमा अवरोध गर्दै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *