साढे दुई किलो सुनसहितको कपडा लगाएका दुईजना त्रिभुवन विमानस्थलबाट पक्राउ


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सुनसहितको कपडा’सहित चारजना पक्राउ परेका छन् ।

दुबईबाट आएका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका १ का २४ वर्षीय सोमबहादुर बिकलाई एक किलो र मोरङ पथरी शनिश्‍चरे ४ का २८ वर्षाय रिवाज गजमेर तथा अन्य दुईजनालाई ‘सुनसहितको कपडा’सहित पक्राउ गरेको हो ।

साउन २९ गते विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्दा उनले लगाएको खैरो रङको कटनको पाइन्ट र कालो–खैरो छिर्के भित्री वस्‍त्र अस्वाभाविक देखिएको र चेकजाँच गर्दा अन्य कपडाको भन्दा फरक किसिमको आकृति देखिएपछि प्रहरीले उनलाई सोधपुछ गरको थियो । जवाफमा उनले सो कपडा लिन सिन्धुपाल्चोक भोटेकोशी ५ का धनबहादुर बिक आउने बताएका थिए ।

उनको बयानका आधार प्रहरीले ३० वर्षीय धनबहादुरलाई नियन्त्रणमा लिएको थियो । उनीसँग सोधपुछ गर्दा सुनसहितको कपडा लैजानका लागि आएको हुँ बताएको विमानस्थल प्रहरीले जनाएको छ ।

त्यसैगरी साउन ३० गते दुबईबाटै आएका मोरङ पथरी शनिश्‍चरे ४ का २८ वर्षाय रिवाज गजमेरलाई पनि प्रहरीले पक्राउ गरेको छ । चेकजाँचमा क्रममा खरानी रङको कटनको पाइन्ट, खैरो रङको गन्जी र कालो खैरो छिर्के भित्री वस्‍त्रको तौल अस्वाभाविक रूपमा एक केजी ७०० ग्रामको देखिएपछि प्रहरीले सोधपुछ गरेको थियो ।

उनले पछि सुनसहितको कपडाु भएको जवाफ दिएका थिए । साथै उनले सो कपडा लिन शेखर नाम गरेको व्यक्ति आउने बताएका थिए । उनैलाई शेखर भनिएको व्यक्तिलाई बोलाउन लगाउँदा सिन्धुली कमलामाई ५ का २६ वर्षीय सागर न्यौपाने आएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार उनले पनि उक्त सुनसहितको कपडा लैजानका लागि आएकोु बताएका थिए ।

उनीहरूलाई सबैलाई आवश्‍यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *