देउवा संवैधानिक परिषदको बैठकमा सहभागी नहुने


कांग्रेस सभापति शेरबहादुर देउवा,प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको संवैधानिक परिषदको बैठकमा नजाने भएका छन्।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले डाकेको परिषद बैठकले गलत सन्देश उत्पन्न भएको भन्दै बैठकमा उपस्थित हुन नसक्ने व्यहोराको सन्देश देउवालेआफ्ना प्रतिनिधि नेता रमेश लेखकमार्फत् प्रधानमन्त्री ओलीलाई पठाएका हुन्।

कांग्रेसले २९ गते सरकारविरूद्ध देशव्यापी प्रदर्शन गर्दैछ। त्यसको मुखमा ओलीले परिषद बैठक बोलाएर लेनदेन गराई प्रदर्शनलाई प्रभावित पार्न खोजेको कांग्रेस नेताहरूको बुझाइ छ।

संवैधानिक परिषदमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ। अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत अन्य संवैधानिक आयोगहरूमा पदाधिकारी रिक्त छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *