निर्वाचनमा सिट बाँडफाँडका बारेमा सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै


संघीय र प्रदेश सरकार निर्वाचनका लागि सिट बाँडफाँडका लागि पाँच दलीय गठबन्धनले निमार्ण गरेको कार्यदलको दोस्रो बैठक बिहीबार बस्दैछ।

नेपाली कांग्रेसका नेता तथा कार्यदल प्रमुख कृष्ण सिटौलाको नेतृत्वमा अपरान्ह २ बजे बस्ने बैठकले १ सय ६५ निर्वाचन क्षेत्रमा कुन कुन पार्टीलाई सिट दिने भन्ने बारेमा छलफल गर्नेछ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एस र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सम्मिलित सो कार्यदलले १ सय ६५ निर्वाचन क्षेत्रसहित सो निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेश बाँडाफाडका बारेमा छलफल गरेर शीर्ष नेतृत्वहरुलाई सुझाव पेश गर्नेछन।

कार्यदलको बैठकमा सबै दलले आ-आफनो सिटका बारेमा दाबी पेश गर्नेछन् र सो दाबी अनुसार कार्यदलले सुझाव तयार गर्नका लागि बैठकमा प्रारम्भिक छलफल गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *