सयपत्री हाइड्रोपावरको आईपिओ बाँडफाँड मिति तय
सयपत्री हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ मंगलबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले साउन २४ गते बिहान ९:३० बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो।
कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ६ लाख कित्ता शेयर छुट्याएकोमा आयोजना प्रभावितले खरिद नगरेको १ लाख २१ हजार ६० कित्ता शेयर थपेर कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३६ हजार ५३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो भने १४ लाख ४ सय २१ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको ६ लाख ७० हजार ५ सय ८६ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका छन् ।
नेपाल धितोपत्र बोर्डले सयपत्रीलाई जेठ १८ मा शेयर निष्काशनको अनुमति दिएको हो । सयपत्रीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणई गरि ९ करोड बराबरको ९ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो ।
कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७३/३/१२ देखि विजुली उत्पादन गरिरहेको छ ।